Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मीको १२ पालिकाकै नतिजा सार्वजनिक,नामावलीसहित

गुल्मीको १२ पालिकाकै नतिजा सार्वजनिक,नामावलीसहित

  • 4.0K
    SHARES

  • गुल्मीको १२ पालिकाकै नतिजा सार्वजनिक,नामावलीसहित

    बुटवल,जेठ ४ ।

    गुल्मीको १२ पालिकामा सवै तहको नतिजा सार्वजनिक भएको छ। गुल्मीमा  नेपाली कांग्रेसले सबैभन्दा धेरै ५ स्थानीय तहमा जित हात पारेको छ भने माओवादी केन्द्रले ४ र नेकपा एमालेले तीन स्थानीय तहमा जित हात पारेको छ। उपप्रमुखमा नेकपा एमाले ७ र कांग्रेसले ५ स्थानीय तहमा जित हात पार्दा माओवादी र एकीकृत समाजवादी शून्य भएका छन्। 

    उक्त जिल्ला एमालेका उपमहासचिव प्रदिप ज्ञवाली र सचिव गोकर्ण विष्ट जस्ता चर्चित नेताको गृह जिल्ला हो भने नेपाली कांग्रेसका चन्द्र भण्डारी र एकीकृत समाजवादीकी नेतृ एवं सहरी विकास मन्त्री रामकुमारी झाक्रीको गृह जिल्ला हो।  

    १.इस्मा गाउँपालिका 
    प्रमुख भगतसिंह खड्का/काग्रेस 
    उपप्रमुख पार्वती कुँबर/काँग्रेस  

    २.कालिगण्डकी गाउँपालिका
    प्रमुख बेदबहादुर थापा/काग्रेस 
    उपप्रमुख  मञ्जुकुमारी दर्लामी/एमाले 

    ३.गुल्मी दरबार गाउँपालिका 
    प्रमुख सरोजकुमार थापा/ काग्रेस 
    उपप्रमुख तारा थापा ढेगा/काग्रेस 

    ४.चन्द्रकोट गाउँपालिका 
    प्रमुख युवराज खत्री क्षेत्री/माओवादी केन्द्र 
    उपप्रमुख विष्णुप्रसाद भण्डारी/काग्रेस 

    ५.छत्रकोट गाउँपालिका
    प्रमुख रामप्रसाद पाण्डेय/एमाले 
    उपप्रमुख सावित्रा ज्ञवाली /एमाले 

    ६.धुर्कोट गाउँपालिका 
    प्रमुख भुपाल पोखरेल/माओवादी 
    उपप्रमुख सीता गिरी /एमाले 

    ७.मदाने गाउँपालिका 
    प्रमुख महेन्द्रबहादुर कुँबर/काग्रेस 
    उपप्रमुख सरिता खड्का/नेकपा एमाले


    ८.मालिका गाउँपालिका 
    प्रमुख देविराम अर्याल/माअ‍ोवादी 
    उपप्रमुख उपेन्द्र अर्याल/काग्रेस 

    ९.मुसिकोट नगरपालिका 
    प्रमुख जीबलला खरेल/एमाले 
    उपप्रमुख गंगा श्रेष्ठ /एमाले 

    १०.रुरुक्षेत्र गाउँपालिका 
    प्रमुख यदु ज्ञवाली/माओवादी 
    उपप्रमुख मिनादेवि गौतम एमाले 

    ११.रेसुङ्गा नगरपालिका 
    प्रमुख खिलध्वज पन्थी/कांग्रेस 
    उपप्रमुख अमृतादेवी कुँबर ८६१९ 

    १२.सत्यावती गाउँपालिका 
    प्रमुख टीकाराम पाण्डे/एमाले 
    उपप्रमुख निरमाया तरामु/एमाले

    गुल्मीमा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले इस्मा, छत्रकोट,मदाने, मालिका, मुसीकोट, रुरु र रेसुंगामा गरि सातवटा स्थानीय तहमा जित निकालेको थियो। 

    त्यस्तै कांग्रेसले कालीगण्डकी, गुल्मीदरबार, चन्द्रकोट, सत्यवतीमा गरि ४ वटामा जित हात पारेको थियो। माओवादी केन्द्रले भने धुर्कोटमा जित हात पारेको थियो। 

    यसपटक भने माओवादीले आफ्नो स्थितिलाई सुधारेको छ। माओवादी ४वटा स्थानीय तहमा जित हात पार्दा कांग्रेसले गत स्थानीय तहको चुनावको नतिजामा १ थप गरेको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology