बुटवल,जेठ ३ ।
स्थानीय तहको निर्वाचन अन्तर्गत बिभिन्न स्थानमा मतगणना जारी छ । साना पालिकाहरुको अधिकांश स्थानको मतपरिणाम आइसकेको छ ।
बुटवलउपमहानगरपालिका अहिलेसम्म वडा नं १,२,३,४,५, ६, १६,१७, १८ र १९ नंं वडाको मत गणना भैसकेको छ । यहाँ २४ हजार ५५७ मत गणना भइसक्दा मेयर पदमा कांग्रेसका खेलराज पाण्डेले ११ हजार ९८३ र एमालेका बाबुराम भट्टराईले ७ हजार ८७९ मत पाएका छन् ।
खेलराजले निरन्तर मतान्तर बढाउंदै ४ हजार १०४ मतले अग्रता लिएका छन् । उपमेयर पदमा भने एमालेकी सावित्रादेवी अर्यालले ८ हजार ८१४ र एकीकृत समाजवादीका चिनबहादुर गुरुङले ६ हजार ३७६ मत पाएका छन् ।
कहाँ कस्ले जिते ?
वडा नं १ – नरेन्द्र बस्नेत (स्वतन्त्र उम्मेदवार-पुतली चिन्ह )
वडा नं २ – सुनिल शाक्य (नेकपा एस-कलम चिन्ह )
वडा नं ३ – विष्णु ढकाल (नेकपा माओवादी केन्द्र-रूख चिन्ह )
वडा नं ४ – नरिश्वर शर्मा पौडेल (नेपाली काँग्रेस )
वडा नं ५ – हरि प्रसाद श्रेष्ठ (नेपाली काँग्रेस )
वडा नं ६ – लोकनाथ न्यौपाने (नेपाली काँग्रेस )
वडा नं १६ – कृृष्ण प्रसाद पौडेल (नेपाली काँग्रेस )
वडा नं १७ – ज्ञान बहादुर रेस्मी (नेपाली काँग्रेस )
वडा नं १८– गुरुप्रसाद पंगेनी (नेकपा एमाले )
वडा नं १९– चन्द्रसिंह थापा (नेकपा एमाले )
वैशाख ३० मा भएको निर्वाचनको मत गणनामा देशभरका ७५३ स्थानीय तहमध्ये प्रमुखमा नेपाली कांग्रेस १४८,एमाले १०२,माओवादी केन्द्र ७६,जसपा नेपाल ३,एकिकृत समाजवादी ५ स्थानमा बिजयी भएको छ त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका १४४,नेकपा एमाले १०२,माओवादी केन्द्र ७६,जसपा नेपाल ४, एकिकृत समाजवादीले १० जितेको छ ।
अग्रतामा लिनेमा नेपाली कांग्रेस १६० ,नेकपा एमाले १०१,माओवादी केन्द्र ४३,जसपा नेपाल २९,ए. समाजवादी १४,लोसपा १४,उपप्रमुख नेपाली कांग्रेस१३२ ,नेकपा एमाले १२३,माओवादी केन्द्र ५६,जसपा नेपाल ३३,ए. समाजवादी १२,लोसपा १० रहेकाछन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)