बुटवल,जेठ ३ ।
बुटवल उपमहानगरपालिका वडा नंं १७ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
२५९० मत खसेको वडामा कांग्रेसका ज्ञानबहादुर रेश्मीमगर १२४६ मत पाएर निर्वाचित हुंदा नेकपा एमालेका गंगा प्रसाद न्यौपानेले ९६१ मत पाए । यो वडामा कांग्रेसले चारजना सदस्य सहित प्यानलै जितेको हो ।
जनता समाजवादी पार्टी, नेपालका विजय ढकालले ९३ मत पाएर तेस्रो हुंदा राप्रपाका सागरप्रसाद अधिकारीले ८० र मंगोल नेशनल अर्गनाइजेसनका बुद्धिमान रखालीले २६ मत पाएका छन् ।
सदस्यहरु तुल्सी प्रसाद थारू , रेखा बिक,देबि दङोरिया थारु, राम प्रसाद न्यौपाने विजयी भए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)