बुटवल,बैसाख ३० ।
रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।रुपन्देहीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराका अनुसार जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
रुपन्देहीमा ७०० वटा मतदान केन्द्र र २०८ मतदान स्थल छन् भने ६ लाख ३२ हजार ३६० मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा ३८ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन् ।
रुपन्देहीमा मतदाताको संख्या ६ लाख ३२ हजार ३६० रहेको छ । जसमध्ये ३ लाख २३ हजार ७७८ जना पुरुष र ३ लाख ८ हजार ५७४ जना महिला छन् ।
रुपन्देहीमा एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका छन् । ३ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)