Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा एमाले मेयर उम्मेदवारकी श्रीमती पैसा बाँडेकाे आराेपमा पक्राउ

बुटवलमा एमाले मेयर उम्मेदवारकी श्रीमती पैसा बाँडेकाे आराेपमा पक्राउ

  • 23.8K
    SHARES

  • बुटवलमा एमाले मेयर उम्मेदवारकी श्रीमती पैसा बाँडेकाे आराेपमा पक्राउ

    बुटवल,बैसाख २८ ।

    बुटवलमा एमालेका प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बुटवल ११ टपमजुवामा मतदातालाई पैसा बांडेकाे र प्रलाेभनमा पार्न पुगेकाे आराेपमा माया भट्टराईलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

    माया र उनी लुकेको ठाँउबाट कुनै शंकास्पद सामाग्री नभेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

    उनी अहिले  ईलाका प्रहरी कार्यालय बुटवलमा छन् । स्थानीयले उनलाई पैसा बाँडेकाे आराेप लगाएका छन् ।उनी सिर्जना भुसालकाे घरभित्र लुकेकी थिईन् ।

    बाहिरबाट ढाेकामा चापि लगाएर उनलाई भित्र लुकाईएपछि प्रहरीले ताला फाेरेर हेर्दा उनलाई ढाेकाकाे पछाडि लुकेको अवस्थामा फेला पारेकाे हाे ।

    lafada.jpg

    यता माया भट्टराईले विज्ञप्ति जारी गर्दै आफु मानवीय नाताले कपिलवस्तुका एमाले नेता महेन्द्र अर्यालकी क्यान्सर पीडित श्रीमती लिला अर्याललाई भेट्न गएको बेला आफुलाई कांग्रेस कार्यकर्ताहरुले घेराउ गरेको बताएकी छिन् ।

    उनले आफुसंगै गएकी लक्ष्मी भट्टराईको घरभाडा उठाउन भाडावाल रुपा थापाको घरमा बसिरहेका बेला आफुहरुलाई घेराउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    माैन अवधिमा एमालेले मतदाता प्रभावित पारेकाेमा कांग्रेसले आपत्ति जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology