Logo बिहिवार, आश्विन १ गते २०८३
images

घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले भने-‘पहिलेका जनप्रतिनिधिले जस्तो ब्यवहार नर्गनू’

घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले भने-‘पहिलेका जनप्रतिनिधिले जस्तो ब्यवहार नर्गनू’

  • 2.8K
    SHARES

  • घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले भने-‘पहिलेका जनप्रतिनिधिले जस्तो ब्यवहार नर्गनू’

    तिलोत्तमा, वैशाख २६ ।

    घरदैलोमा पुगेका उम्मेदवारलाइ मतदाताले पहिलेका जनप्रतिनिधिजस्तो नबन्न आग्रह गरेका छन् । जनप्रतिनिधिले चुनाव जितेपछि अनुहार नदेखाएको उनीहरुको आरोप थियो ।

    रुपन्देहीको तिलोत्तमामा आज गठबन्धनका उम्मेदवारले गरेको घरदैलो तथा मतदाता भेटघाटमा स्थानीयले त्यस्तो गुनासो गरेका हुन् ।तिलोत्तमा ३ की जानकी पौडेलले यसअघिका बिजेताहरु आफुले चुनाव जितेपछि नदेखेको बताउंछिन् ।

    उनले टिभिका समाचारमा मात्रै देखेको भन्दै उनले आफुहरुको दुख सुखमा पनि संगै हुने मेयर उपमेयर चाहिएको बताइन् । यसअघि तिलोत्तममा एमालेले मेयर उपमेयर सहित अधिकांश वडा जितेको थियो । जितेका जनप्रतिनिधि मतदाताकोमा नपुगेपछि उनीहरु थप आक्रोशित देखिएका हुन् ।

    आज तिलोत्तमा वडा न ३,७,९,११,१४,१६ र १७ मा गठबन्धनका उम्मेदवारहरु घरघरमा पुगेका थिए । सो अबसरमा भएको कोणसभामा मेयरमा तिलोत्तमाका मेयर पदका उम्मेदबार रामकृष्ण खांणले आफुहरु जितको नजिक रहेको बताए । 
    देशैभरी पांचदलीय गठबन्धनको माहोल बनेको र जनमत आफुहरुको पक्षमा रहेको समेत उनको दाबि छ । 
    उनले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा हिडेको बताउँदै गठबन्धनका उम्मेद्वारलाई मतदान आग्रह गरेका थिए । उनले आफ्ना प्रतिबद्धताहरु स्थानीयलाई सुनाउँदै तिलोत्तमाको समग्र बिकासको लागि यो पटक आफुहरुलाई जिताएर सेवक बन्ने अवसर दिन आग्रह गरे ।

    उपमेयर पदका उम्मेद्वार हेमलाल पाण्डे(हेमन्त)ले गठबन्धनमा बदर नहुनेगरि मतदान गर्न आग्रह गर्दै मेयरमा रुख र उपमेयरमा हसिया हतौडामा मतदान गर्न आग्रह गरे । स्थानीय तहको निर्बाचनको मिति नजिकिएपछि चुनावी मैदानमा रहेका तिलोत्तमाका उम्मेदवार घरदैलोमा पुगेर जनतामा पीर मर्का र समस्या बुझ्ने कोशिष गरिरहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology