Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाललाई ओलीको अफर,‘खुमलटार धाउनुभन्दा मसँग मिलेर जाऔँ’

नेपाललाई ओलीको अफर,‘खुमलटार धाउनुभन्दा मसँग मिलेर जाऔँ’

  • 2.9K
    SHARES

  • नेपाललाई ओलीको अफर,‘खुमलटार धाउनुभन्दा मसँग मिलेर जाऔँ’

    बुटवल,कार्तिक ५-  

    स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्इक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि सहमति नभएका बेला ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार छलफल भएको छ । दुई नेताबीच झण्डै सवा दुई घण्टा लामो छलफल भएको छ ।

    नेता नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री ओली र नेपालबीच छलफल भएको पुष्टि गरे । बालुवाटारनिकट स्रोतका अनुसार भेटमा ओलीले आफूसँग मिलेर जान नेपाललाई प्रस्ताव गरेका छन् । उनले दाहालनिवास खुमलटार धाउनुभन्दा आफूसँग मिलेर जाँदा राम्रो हुने प्रस्ताव राखेको स्रोतको भनाइ छ ।

    नेपालनिकट नेताहरुका अनुसार ओलीले मिलेर जाऔँ भने पनि ओलीको तर्फबाट ठोस प्रस्ताव आएको छैन ।

    नेकपाभित्र शक्ति संघर्षमा दाहाल र नेपाल एकै ठाउँमा देखिएपछि ओली र नेपालबीच दुरी बढेको थियो । पछिल्लोपटक मन्त्रिपरिषद् हेरफेर र राजदूत नियुक्तिमा पनि नेपालको असन्तुष्टि छ ।

    आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology