Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमामा भाेलि गठबन्धनको बृहत आमसभा,कांग्रेस महामन्त्री शर्माले सम्बोधन गर्ने

तिलोत्तमामा भाेलि गठबन्धनको बृहत आमसभा,कांग्रेस महामन्त्री शर्माले सम्बोधन गर्ने

  • 5.0K
    SHARES

  • तिलोत्तमामा भाेलि गठबन्धनको बृहत आमसभा,कांग्रेस महामन्त्री शर्माले सम्बोधन गर्ने

    तिलोत्तमा,बैशाख २१ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भाेलि बिहिबार बृहत आमसभा हुँदैछ ।  तिलोत्तमाको मणिग्रमा(प्रदर्शनी लाग्ने मैदान)मा बृहत आमसभा हुन लागेको हो । नेपाली कांग्रेस र माओबादी केन्द्रका केन्द्रीय नेताहरुको उपस्थीतिमा आमसभा हुन लागेको हो । 

    आमसभामा नेपाली कांग्रेसका महामन्त्री, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, निवर्तमान केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी र माओबादी केन्द्रका केन्द्रीय सदस्य बामदेब क्षेत्रीले सम्बोधन गर्ने नेपाली कांग्रेसका तिलोत्तमा नगरसमिति सभापति हरिलाल पाण्डेले जानकारी दिए ।

    तिलोत्तमामा गठबन्धनबाट मेयरमा कांग्रैसका रामकृष्ण खाँण र उपमेयरमा माओबादीका हेमराज पाण्डे(हेमन्त) उम्मेद्वार छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology