Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यादव सिहं कार्की भन्छन्-वडाको समग्र विकासमा प्रतिबद्ध छु

यादव सिहं कार्की भन्छन्-वडाको समग्र विकासमा प्रतिबद्ध छु

  • 3.5K
    SHARES

  • यादव सिहं कार्की भन्छन्-वडाको समग्र विकासमा प्रतिबद्ध छु

    बिन्दु थापा पाल्पा/ वैशाख २१ ।

    पश्चिम क्षत्रमै नाम कमाउन सफल यादव सिंह कार्की । जसको जन्म पाल्पाको तानसेन नगरपालीका बन्दीपोखरा ११   मा भएको हो । उहा यत्तिकै नाम कमाउन सफल भएको भने पक्कै होइन ।

    उहाले विश्वमा फैलीएको कोरोनाको महामारीमा कोरोना लागेका बिरामीलाई अस्पताल पुराउने र ल्याउने कोरानाबाट मृत्यू भएका पार्थीव शरीरलाई घाटमा लैजाने काम गरेका कारण थप चर्चीत बन्न सफल हुनुभएको हो । पाल्पामा सफल व्यवसायी कार्की समाजसेवीका रुपमा चिनिनुहुन्छ ।

    उहा न्यू कार्की ढाका पसल र बिजय इन्टरप्राइजेजका सञ्चालक हो । भलाद्मि अनि सरल स्वभावका कार्की भन्न सुन्न पनि राम्रो । त्यहाँ जाने जो कोहिलाई पनि उहालाई हेर्दा उहा जस्तै बन्न मन लाग्छ । तर उहा एकैचोटि यस्तो बन्नुभएको भने  होईन । उहाले यहाँसम्म आउन निकै कडा परिश्रम र मेहनत गर्नुभएको छ  ।

    २०३० साल माघ ६ गते तानसेन नगरपालीका ११ खयरतुङमा बुवा नृपबहादुर कार्की र आमा ओमकुमारी कार्कीको कोखबाट जेठो छोराको रुपमा जन्मिएका उनको बाल्यकाल सामान्य परिवारमै बित्यो । उनले गाउँकै विद्यालय नामीकुवा निमावीमा कक्षा १ देखि ७ सम्म , ८ देखी पाल्पाको तानसेनमा रहेको पद्म पब्लीक नमुना व्यवसायीक माध्यमीक विद्यालयबाट एसएलसी उत्तीण भएका थिए । उनले त्रीभुवन बहुमुखी क्याम्पसबट आइए र आइकम पुरा गरे । 
    उहा सानैदेखी राजनितीमा रुची भएका कारण स्कुले जिवनदेखि नै राजनिती सुरु गर्नुभयो । २०४६ सालको जन आन्दोलनदेखी सुरु गरेको राजनितीक यात्रा अहिलेसम्म पनि सक्रिय रुपमा निभाइरहनु भएको छ । उहाँले २०४८मा प्रतिनिधि सभा ,२०४९को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन सक्रिय भूमीका निभाउनुभएको थियो । २०५१ मध्यावधी चुनाव ,५४मा स्थानीय निर्वाचन ,५६ संसदीय निर्वाचन,२०६४को संविधानसभा निर्वाचनमा आफनो पार्टीलाई पहिलो बनाउन दिन रात खट्नु भएको थियो ।

    २०७४ मा भने उहा नेकपा एमालेको पकड क्षेत्रको रुपमा मानीने  तानपा ११ को वडा अध्यक्षको उम्मेदवार भएर चुनावमा उठ्नुभएको थियो । विपिको सिद्धान्त मिलिजुली बसौ बाढिचुढी खाउ बाट प्रभावीत भएका उहाले ५२७ मत लिएर उपबिजेता हुनुभएको थियो ।

    उहासँग उत्रेका उम्मेदवारले ५९१ मत लिएर विजेता हुनुभएको थियो । तर उहा उपविजेता भएपनि कुनै गुनासो नरहेको र थप सामाजिक काम गर्ने अवसर मिलेको बताउनुहुन्छ । गरीवलाइ हेरेर सिद्धान्त बनाउने, राष्ट्रीयता ,लोकतन्त्र , समाजवादको आत्मसात गर्दै नेपाली काग्रेसमा लाग्नुभएका उहाले नेपाली कांग्रेसको ११औँ अधिवेशनमा क्षत्रीय सदस्य, १२ औँ अधिवेशनमा क्षत्रीय कोषाध्यक्ष ,१३ औँ अधिवेशनमा क्षत्रीय सचिव भएर काम गर्नुभयो ।  

    तानसेन नगरपालीका वडा ११ का अधक्ष्यका दावेदार यादव सीह कार्कीले लामो समयदेखी वडा वासीले भोग्दै आएको समस्या समाधान गर्नको लागी आफनो उमेद्वारी दिएको बताउनुभएको छ । उहाले वडामा रहेको खानेपानी,मोटर बाटो बाट दैनिक स्थानीयले भोग्नुपरेको समस्यालाई समाधान गर्ने बताउनुभयो । निकै लामो समयदेखी स्थानीयले पहिरोले पुरेका घर व्यवस्थापन गर्न सकेका छैनन् । एमालेको सरकार हुदा क्षतिपुर्ती समेत नपाउदा दैनिकी चलाउन नसकेका ,मोटर बाटो नबन्दा जोखिम मोलेर हिडिरहेका स्थानियको मुहारमा चमकता ल्याउन पनि आफनो उमेद्वारी दिएको बताउनुहुन्छ ।  
    कार्कीले कोरोनाका कारण विश्व आक्रान्त परेको बेलामा आफनो र परिवारलाइ भन्दा सामाजिक सेवालाई अगाडी सारेर काम गर्नुभयो  । मान्छेमा मानवता हराएको छ । कारोना लागेर थप पिडा र छटपटाइमा परेकाहरुलाई सहयोग गर्नु मेरो मानवताभित्र पर्दछ भन्ने लागेर मैले यो काम सुरु गरे उहाले भन्नुभयो ।

    उहाले वैशाख २२ गतेदेखि सुरु गरेको यो सहयोग अहिलेसम्म निरन्तर गरीरहनुभएको छ । सामाजिक संजालमा दिएका बधाइ र शुभकामनाले थप हौसला मिलेको छ । उहालाई । नकारात्मक टिका टिप्पणी गर्नु मानिसको स्वभाव पनि हुन सक्छ । कतिपय मानिसहरु पैसा कमाइरहेको छ भन्थे तर फील्डमा खटेर काम गर्दा कमाउने भन्दा आनन्द सहयोग गरेका व्यक्तिहरुले जिवन पाउनुमा हुन्छ । विभिन्न संघसस्थाहरु,व्यक्तिहरुबाट केहि रकम , पिपिइ सेट र स्वास्थ्य सामग्री पाउनुभएको थियो । सवारी हो बिग्रनु ठुलो कुरा त होइन तर बिग्रेर बनाउदा हुने खर्च सहयोगमै गएको महसुस गर्नुभयो कार्कीले । बिरामीको स्वास्थ्य अवस्था हेर्दै स्पीड हिड्नुपर्ने जसको कारण पटक पटक सवारी बनाउनुभयो उहाले । सवारी बनाउदा लगभग २ लाख खर्च गर्नुभयो ।

    उहाले आफनो सानो बच्चा १२ महिनाको बच्चा र घरपरिवारको जोखिम मोलेर गरेकोे सेवालाई मान्छेहरु पैसा सँग तुलना गरेका हुन्छन् । बास्तममा कुरा गर्न सजिलो हुन्छ काम गर्न कठिन उहाले रोकिएर भन्नुभयो । पछिल्लो समयमा श्रीमति ले हरेक काममा सहयोग गर्ने हरेक कुराहरुलाई सकारात्मक र सरल ढङ्गले लिएर काम गर्ने भएकाले  सफल सेवक बन्न सकेको बताउनुहुन्छ उहा । कार्की भन्नुहुन्छ “श्रीमतिको साथ र सहयोग रहने थिएन भने मैले यसरी आज तपाईको माझमा कुरा गरेको हुने थिएन । ”

    कुरा भन्दा काम गर्न मन पराउने उहाले अब उहाले पार्टीमा रहेर निकै संर्घष गरेका कारण पार्टीले टिकट दिएकामा खुसि व्यक्त गर्नुभयो । उहाले आफनो ठाउँमा विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहनुभएको छ ।  अब हुने चुनाबमा काम ,योगदान सक्षमता र योग्यता हेरेर मूल्याङकन हुनेछ भन्नेमा विश्वास गर्नुहुन्छ ।  आफ्नो क्षत्रलाई कसरी युग सुहाउदो खालको बनाउन सकिन्छ भनेर व्यवस्थीत गर्नमा तल्लीन रहेको भन्दै उहाले , भोलीका दिनमा स्थानीयले कल्पना गरेको समाज निर्माण गर्ने परिकल्पना रहेको बताउनुभयो  । 

    भनिन्छ चाहाना गरीसकेपछि र निरन्तर लागीरहेपछि आफनो चाहाना पुरा हुन्छ । त्यहि विश्वासमा रहेर आफनो काममा अडिग रहेर संर्घष गर्नुभएका कार्कीले यो सपना पनि साकार हुनेछ भन्ने विश्वास राखेको बताउनुहुन्छ । 
    पाल्पा पर्यटन विकासको अभिन्न अङ्ग भएकाले यस क्षत्रमा खुलेर काम गर्न इच्क्षा रहेको र मुलुकको समृदि पर्यटन कृषि र जलस्रोत बाट मात्र सम्भव

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology