बुटवल,कार्तिक ४-
अर्थमन्त्री विष्णु पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डा.प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेका छन्। श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुन् भने यसअघि दुई वर्ष प्रदेश ५ योजना आयोगको उपाध्यक्षको जिम्मेवारी पूरा गरिसकेका छन् ।
अर्घाखाँची गृहजिल्ला भएका उनी नेपालको आर्थिक क्षेत्रको विज्ञ मानिन्छन्। उनले नागरिक अनलाइनसंग भने-‘अनलाइनहरुमा समाचार आउन थाले तर मैले चिठ्ठी पाउन बाँकी छ ।’ उनले सुनाए ।
कोरोना महामारीसँगै देशको अर्थतन्त्र शिथिल भएको अवस्थामा दोस्रोपटक अर्थ मन्त्रालयको बागडोर समालेका अर्थमन्त्री पौडेललाई सफल बनाउन सल्लाहकारको समेत महत्वपूर्ण भूमिका रहने छ।
अहिलेको जटिल अवस्थामा देशको अर्थतन्त्र सुधारको लागि आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म योगदान गर्ने उनकाे भनाइ छ । श्रेष्ठले अहिलेसम्म आफूलाइ मन्त्रालयबाट आधिकारिक चिठ्ठी भने नआएकाे बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)