Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलको विकासका लागि विचार फरक होईन योजना एक हुनुपर्छ : खेलराज पाण्डे

बुटवलको विकासका लागि विचार फरक होईन योजना एक हुनुपर्छ : खेलराज पाण्डे

  • 2.9K
    SHARES

  • बुटवलको विकासका लागि विचार फरक होईन योजना एक हुनुपर्छ :  खेलराज पाण्डे

    बुटवल,बैसाख १५ ।

    बुटवल उपमहानगरका लागि नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेले पाण्डेले आफुले चुनाव जितेमा पुरानो बुटवलको ऐतिहासिक महत्व कायम राख्ने बताउनु भएको छ ।

    बिहीबार बुटवलमा भएको घरदैलोका क्रममा संचारकर्मीसँग कुरागर्दै उहाँले यसअघि बुटवलको नेतृत्व सम्हालेकाहरुले बुटवल र बटौलीको एतिहासिक महत्व जोगाउन नसकेकाले आफु त्यतातर्फ केन्द्रीत रहने बताउनुभयो ।

    उहाँलेभन्नुभयो–‘मैले चुनाव जितेमा पुरानो बुटवलको ऐतिहासिक महत्व कायम राख्ने प्रतिबद्धता व्यक्त गदर्छ, चुनावको बेलामा भाषण गरेर होईन जितेपछि काम गरेर देखाउने विश्वास बुटवलबासीलाई दिन चाहन्छु ।’ एमालेकै कारण राजधानी बुटवलबाट गएको बताउँदै कांग्रेस बुटवलको नगर सभापति समेत रहेका पाण्डेले अव बुटवललाई आर्थिक राजधानीकारुपमा विकास गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

    उहाँले बुटवल उपमहानगरका वर्तमान मेयर शिवराज सुबेदीले एकलौटी उपमहानगर चलाउन खोज्दा नगरबासीमा निरासा छाएको टिप्पणि गर्नुभयो । सबैलाई मिलाएर र सबैसँगको सहकार्यमा बुटवल नगरको विकास हुनसक्ने उल्लेख गर्दै उहाँले बुटवलको विकासका लागि विचार फरक होईन योजना एक हुनु पर्नेमा जोड दिनुभयो ।

    उहाँले उपमहानगरको कमजोरी कै कारण हजारौंको संख्याका अव्यवस्थित बसोबास गरिरहेका नागरिकले लालपुर्जा पाउन नसकेको दुखेसो पोख्नुभयो । बुटवललाई ब्यवस्थित सहर बनाउने कुरामा उहाँले आफ्नो प्रतिवद्धता दिनु भएको छ ।

    khel.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology