बुटवल,बैसाख १२ ।
रुपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनबिच सहमति भएको छ । उम्मेद्वारी दर्ताको अन्तिम चरणमा आइपुग्दा गठवन्धनले सैनामैनाको मेयर तथा उपमेयर सहित सवै वडाको टुङगो लगाएको हाे ।
सैनामैना नगरपालिकाको प्रमुख मेयरमा नेपाली कांग्रेसकोतर्फवाट फडिन्द्र शर्मा उम्मेदवार छन् भने उप–प्रमुख उप–मेयरमा नेकपा माओवादी केन्द्रका मान बहादु महत नारायणलाई दिने गरी सहमतीमा पुगेको हो ।
यस्तै नगर प्रमुख सहित नेपाली कांग्रेसले वडा नं।२, ४, ६, ८,१० र ११, नेकपा माओवादी केन्द्रले नगर उप– प्रमुख सहित वडा नं १, ३, ५,९ लिएको छ । यद्यपी वडा नं ७ मा भने सहमती हुन सकेन त्यस वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नै उम्मेद्वार उठाउने भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)