बुटवल,बैसाख १२ ।
नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिकाको मेयरमा खेलराज पाण्डेयलाई उठाउने निर्णय गरेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राती अबेर सम्म बसेको बैठकले पाण्डेयलाई मेयरको टिकट दिने निर्णय गरेको हाे ।
पाण्डेय नेपाली काँग्रेस बुटवलका लगातार तीन कार्यकालदेखि नगर सभापति छन् । बुटवलमा गठबन्धनको तर्फ मेयर नेपाली काँग्रेसले पाएको पाएको छ । भने उप मेयर एकीकृत समाजवादी पार्टीले पाएको छ । समाजबादीले चीनबहादुर गुरुङलाई उपमेयरको टिकट दिएको छ ।
काँग्रेसका पाण्डेय २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सयको मतले पराजित भएका थिए । अहिले एमालेले बुटवलमा बाबुराम भट्टराईलाई मेयरमा उठाउँदै छ ।
आज सबैले मनोनयन दर्ता गर्दै छन् ।
नाम – खेलराज पाण्डेय
जन्म – बिस २०२६ फागुन ५ गते
बुबा -लिलाबल्लभ पाण्डेय
आमा – तारादेबी पाण्डेय
स्थान – साबिक आलमदेबी २ हाल कालिगण्डकी २
श्रीमती -सीता भट्टराइ (पाण्डेय)
छोरा -अभिषेक पाण्डेय
शिक्षा -स्नातकतह
घर – बुटवल ८ सुख्खानगर रुपन्देही
राजनीति-२०३९ बाट आरम्भ
– आदर्श माबि स्याङजा नेबिसंघ सदस्यता बिस २०३९
-जनता माबि पाल्पा जेभिटी नेबिसंघ समिति २०४०
-त्रिबिमा बिज्ञान संकाय पाल्पा इकाइ २०४३
-अमृत साइन्स क्याम्पस काठमाडौं नेबिसंघ सचिब २०४४—२०४६
-२०४७ बुटवल बहुमुखी क्याम्पस नेबिसंघ उपसभापति
-२०५२ नेबिसंघ सचिब रुपन्देही
-२०५९ तरुण दल जिल्ला अध्यक्ष
-२०६० तरुण दल केन्द्रिय सदस्य
-२०६७ मा नेपाली कांग्रेस नगर सभापति बुटवल
-२०७२ नगर बिकास समिति बुटवलको अध्यक्ष
-२०७२ नेपाली कांग्रस बुटवल उपमहानगर समितिको सभापति (अहिले तेस्राे कार्यकाल ) काम गरेको अनुभब पाण्डेयसंग छ । उनका बुबाको पालामा २०३८ सालदेखि बुटवलमा झरेका पाण्डेयको पहिचान ग्रासरुटमा सबैभन्दा बलियो छ ।
उनलाइ आम नागरिकले लोभलालच रहित ,सामान्य परिवार,सरल र प्रष्ट बक्ताको रुपमा चित्रित गर्ने गरेका छन् । उनी बुटवलका सबै नागरिकका दुख सुखमा सहभागि उनी हुने गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)