भैरहवा,वैशाख ७ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर)को उम्मेदवारमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट अर्जुन प्रसाद जैसवाल सर्वसम्मत सिफारिस भएका छन् ।
जसपा सिद्धार्थनगरका अध्यक्ष समेत रहेका जैसवाललाई मेयर पदमा सर्वसम्मत सिफारिस गरिएको पार्टीले जनाएको छ । जैसवाल यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट सिद्धार्थनगरमा मेयर पदको उम्मेदवार भएका थिए ।
यसअघि जसपा सिद्धार्थनगरले पाँचदलीय गठबन्धनमा सहभागि नहुने निर्णय गरिसकेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)