बुटवल,चैत्र १६ ।
रुपन्देहीको ओमसतीय गाँउपालिका- २ करबलाका भूमिहिनलाई जग्गाधनी लालपूर्जा बितरण गरिएको छ । लामो समयदेखी भुमि नपाएका उक्त गाँउका २४ जनालाई बुधवार एक कार्यक्रमका बिच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले लालपुर्जा बितरण गरेका हुन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेता यसपटक छुटेका अन्य भुमीहिनलाई समेत छिट्टै लालपुर्जा बितरणको लागि पहल गरीने बताए । उनले जिल्लामा रहेका अन्य भुमीहिनलाई भुमी दिलाउन र अब्यबस्थित बसोबासलाई ब्यबस्थित गर्न कांग्रेसले पहिलो प्राथमिकता दिएको बताए ।
रुपन्देहीका अहीले भुमीहिनको बिबरण सकंलन र जग्गा नापजाँच भईरहेको भन्दै छिट्टै सवै भुमीहिनलाई भुमीको ब्यबस्थापन गरीने उनले बताए । जिल्लामा राष्ट्रिय भुमी आयोग रुपन्देहीले जग्गा नापजाँच गरीरहेको छ । त्यस्तै नेता खाणले जन्मसिद्ध नागरीकतामा देखीएको समस्या समाधानकालागी समेत पहल हुने बताए ।
उक्त बडाका बडा अध्यक्ष ज्ञानेशा श्रेष्ठले लामो समयको सघर्षपछि भुमीहिनलाई भुमी दिलाउन सफल भएको बताए ।
यसपछि उक्त बडाका बर्दीहवा र बिरनगरमा रहेका भुमीहिनलाई गाँउ ब्लकको जग्गा लालपुर्जा बितरण गर्ने योजना रहेको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)