Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन चैत्र १८-१९ गते पाेखरामा हुने

नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन चैत्र १८-१९ गते पाेखरामा हुने

  • 2.9K
    SHARES

  • नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन चैत्र १८-१९ गते पाेखरामा हुने

    बुटवल,चैत १२। 

    नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशनको तयारी तीब्र पारिएको छ । अधिवेशन यहि चैत १८–१९ गते पाेखरामा हुदैँछ । अधिवेशन गर्न महासचिव डा. रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

    संघका केन्द्रीय सचिव नवीनचन्द्र घिमिरेलाई समितिको सदस्य सचिव तथा वर्तमान कार्यसमितिका अध्यक्ष र उपाध्यक्षहरूलाई आयोजक समितिको सल्लाहकारको जिम्मेवारी तोकिएको संघका महासचिव तथा अधिवेशन मूल आयोजक समितिका संयोजक डा. नेपालले नागरिक अनलाइनलाइ बताए ।

    नेपाली लेखक संघको विधान, २०६४ लाई समय सापेक्ष बनाउन विधान संशोधनका लागि पूर्वअध्यक्ष एवं सल्लाहकार डा. तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन मस्यौदा तर्जुमा समिति र नेपाली लेखक संघको मुखपत्र ‘लेखक’ प्रकाशन गर्नका लागि संघका महासचिव डा. रत्नमणि नेपाल प्रधानसम्पादक रहने गरी ७ सदस्यीय सम्पादक मण्डल गठन गरिएको संघका अध्यक्ष श्रवण मुकारुङले बताए ।

    सिर्जनशीलताका माध्यमबाट अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्रका लागि निरन्तर पहरेदारी गर्ने ध्येयका साथ नेपाली लेखक एवं स्रष्टाहरूको साझा चौतारीका रूपमा रहेको नेपाली लेखक संघको स्थापना २००८ सालमा भएको थियो ।

    अधिवेशनमा देशभरका २८८ प्रतिनिधिसहित करिब ४ सय जनाको सहभागिता रहनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology