Logo मंगलवार, श्रावण १२ गते २०८३
images

टिएसईई स्तरका स्वास्थ्य शिक्षा कार्यक्रम खारेज गरेकोमा नेविसंघको विरोध

टिएसईई स्तरका स्वास्थ्य शिक्षा कार्यक्रम खारेज गरेकोमा नेविसंघको विरोध

  • 2.9K
    SHARES

  • टिएसईई स्तरका स्वास्थ्य शिक्षा कार्यक्रम खारेज गरेकोमा नेविसंघको विरोध

    बुटवल,भदौ १५  ।

    नेपाल विद्यार्थी संघले सिएमए र अनमी लगायत स्वास्थ्य शिक्षा कार्यक्रम खारेज गरेकोमा विरोध गरेको छ। टिएसईई स्तरका उक्त कार्यक्रममा यसै शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना लिन नपाइने चिकित्सा शिक्षा आयोगले निर्णय गरेको थियो।

    उपयुक्त विकल्प नदिइकन स्वास्थ्य शिक्षाका १८ महिने कार्यक्रम खारेज गरिएकोमा नेविसंघको ध्यानाकर्षण भएको महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।

    यी कार्यक्रमबाट गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादन नभएको भन्दै आयोगले खारेज गरिदिएको थियो।‘भावि योजना र विकल्पसमेत नदिई विगत २५ वर्षदेखि अविछिन्न सञ्चालित तालिम बन्द गर्दा यसले अन्यौलता सिर्जना गरेको छ,’ महामन्त्री तिमल्सिनाले निकालेको विज्ञप्तिमा भनिएको छ।

    आयोगको यस्तो निर्णयबाट १२ हजारभन्दा बढी प्रशिक्षार्थीहरू प्रत्यक्ष रूपमा प्रभावमा परेको र भर्नाको मुखमा भर्ना नै लिन नपाइने निर्णय कुनै योजना र खाकाविना गरिएको उनको भनाइ छ।

    ‘नयाँ शैक्षिक सत्र र भर्ना तथा पठनपाठनको सबै तयारी भइसकेका बेला यस्तो निर्णयले विद्यार्थी, अभिभावक र शिक्षण संस्थामाथि नकरात्मक असर पारेको छ,’ उनले भनेका छन्।

    यस्ता कार्यक्रम सञ्चालन गर्ने संस्थालाई सरकारले स्तरवृद्धि गर्नुपर्नेमा बन्द गरिदिएको निविसंघको आरोप छ।साथै सिटिईभिटीमा यसअगाडि लिइएको परीक्षाको परीक्षाफल अहिलेसम्म प्रकाशित नभएको नेविसंघको भनाइ छ। डिप्लोमा तहका विद्यार्थीलाई आन्तरिक मूल्यांकनबाट परीक्षा लिनसमेत नेविसंघको माग छ।

    आयोगले हालै एक सय ३८ वटा संस्थाका सम्बन्धन खारेज गर्दै सिएमए र अनमीलगायतमा भर्ना लिन नपाउने निर्णय गरेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology