Logo बिहिवार, आश्विन १ गते २०८३
images

इन्जिनियर एशोसिएसन लुम्बिनी प्रदेश अध्यक्षमा श्रेष्ठ

इन्जिनियर एशोसिएसन लुम्बिनी प्रदेश अध्यक्षमा श्रेष्ठ

  • 2.2K
    SHARES

  • इन्जिनियर एशोसिएसन लुम्बिनी प्रदेश अध्यक्षमा श्रेष्ठ

    बुटवल,चैत्र १ ।

    नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशको अध्यक्षमा इन्जिनियर शैलेन्द्र कुमार श्रेष्ठ विजयी भएका छन् ।  फागुन २८ गते भएको निर्वाचनबाट इन्जिनियर श्रेष्ठ ४९९ मत पाएर विजयी भए ।

    श्रेष्ठका प्रतिस्पर्धि इन्जिनियर जीवन अर्यालले ४१६ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा लेखबहादुर बस्नेतले ४९२ मत ल्याएर विजयी भएका छन् । सचिवमा गोबिन्द पंगेनी, सहसचिवमा अर्जुन गिरी, कोषाध्यक्षमा सन्दिप रेग्मी विजयी भएका छन् ।

    सदस्यमा विद्या भूसाल, दर्शन तिवारी, अर्जुन पाण्डे, तुल्सिराम वस्ती, प्रविन मिश्र, दिपेश घिमिरे, आरती देवकोटा,  इश्वर जिसी, सोवित अहमद, विनय कुमार गुप्ता, शंकर बुढाथोकी, प्रविन जमरकट्टेल रहेका छन् । केन्द्रिय सदस्यमा जयलाल मरासिनी र विश्व रन्जन मिश्र विजयी भएका छन् ।

    अध्यक्षमा विजयी श्रेष्ठ सिद्धार्थनगर नगरपालिकाका रिटायर वरिष्ठ इन्जिनिर हुन् भने प्रतिष्पर्धी जीवन अर्याल श्रेष्ठ रिटायर भएपछि सिद्धार्थनगर नगरपालिकामा वरिष्ठ इन्जिनियरको रुपमा कार्यरत छन् । 

    er.jpg

    इन्जिनियर्स एसोसिएनको निर्वाचनमा कांग्रेस निकट सिडेनको प्यानल नै विजयी,अध्यक्षमा दर्लामी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology