Logo बिहिवार, आश्विन १ गते २०८३
images

सङ्खुवासभा दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो ,५ जनाको जीवितै उद्धार

सङ्खुवासभा दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो ,५ जनाको जीवितै उद्धार

  • 1.5K
    SHARES

  • सङ्खुवासभा दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो ,५ जनाको जीवितै उद्धार

    सङ्खुवासभा,फागुन २६।

    सङ्खुवासभामा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार हालसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको छ।

    मृतकमध्ये कसैको पनि सनाखत हुन सकेको छैन। यस्तै सोही दुर्घटनाबाट पाँच जनालाई जीवितै उद्धार गरिएको छ।

    बसमा करिब २० यात्रु सवार भएको अनुमान गरिएको छ। सङ्खुवासभाको मादी ओखरबोटेबाट झापा दमकतर्फ आउँदै गरेको बा४ख ७३५ नम्बरको बस आज बिहान साढे सात बजे दुर्घटनामा परेको हो। 

    बस सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ। हाल घाइतेको उद्धार जारी छ भने क्षतिको विवरण पनि सङ्कलन भइरहेको सुवेदीले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology