काठमाडौं, फागुन २५ ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन्। उनीसंगै एमाले सिन्धुपाल्चोकका नेताहरू कृष्ण क्षेत्री, सुवास सुन्दास पनि कांग्रेस प्रवेश गरेका छन्। अध्यक्ष क्षेत्री आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन्।
०७४ को स्थानीय तह चुनावमा उनी नेकपा एमालेबाट उम्मेदवार बनेर जितेका थिए। उनलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन्।
गाउँपालिका अध्यक्ष क्षेत्री एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षका आकांक्षी थिए। एमालेले उनलाई अध्यक्ष नबनाएपछि उनी असन्तुष्ट थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)