Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले गरे पदभार ग्रहण

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले गरे पदभार ग्रहण

  • 3.1K
    SHARES

  • नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले गरे पदभार ग्रहण

    बुटवल,असोज २९– 

    नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । बिहीबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । 

    मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गरेकी थिइन् ।  पदभार ग्रहण अघि मन्त्री पौडेललाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव समेत रहेकाा पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका हुन् ।  यसअघि भूकम्प, मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण धरासायी भएको बेला २०७२ कात्तिक १९ गते मा अर्थतन्त्रको बागडोर सम्हालेका थिए ।

    अहिलेपनि कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर असर परेको अवस्थामा पुनः अर्थमन्त्रीको बागडोर सम्हाल्ने जिम्मेवारीमा पौडेल आइपुगेका छन् ।

    पदभार ग्रहण कार्यक्रममा सञ्चारकर्मी प्रवेशमा रोक :

    नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलको पदभार ग्रहण कार्यक्रममा सञ्चारकर्मी प्रवेशमा रोक लगाइएको छ । मध्यान्ह १२ बजे मन्त्री पौडेलले मन्त्रालयमा पदभार ग्रहण गर्ने जानकारी पाएपछि सञ्चारकर्मीहरु पौने १२ बजेदेखि नै मन्त्रालय हाता पुगेका थिए ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहणपछि शहीदलाई माल्यर्पण गर्न कीर्तिपुर पुगेका मन्त्री पौडेल एक बजेर २४ मिनेट जाँदा मन्त्रालय आइपुगेका थिए ।

    मन्त्रालय प्राङ्गणमा कर्मचारीले स्वागत गरेर मन्त्री पौडेलललाई कार्यकक्षतर्फ लगेका थिए । नवनियुक्त अर्थमन्त्रीको पदभार ग्रहण र कर्मचारीलाई पहिलो ब्रिफ्रिङको समाचार बनाउन झण्डै दुई घण्टा लामो प्रतीक्षामा बसेका सञ्चारकर्मीहरुलाई भने सुरक्षाकर्मीले मूलढोकामै रोकेका थिए ।

    सञ्चारकर्मीलाई भित्र प्रवेश नदिन माथिबाट आदेश भएको सुरक्षाकर्मीको भनाइ थियो ।

    ईश्वरकाे रक्षा खाेसियाे,बिष्णु पौडेल अर्थमन्त्री,कृष्णगोपाललाइ सहरी विकासकाे जिम्मा

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology