Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ग्लोबल आवाजले २० फागुनमा ‘दोस्रो टेन स्टिल्स मिडियाकप फुटसल’ गर्दै

ग्लोबल आवाजले २० फागुनमा ‘दोस्रो टेन स्टिल्स मिडियाकप फुटसल’ गर्दै

  • 2.0K
    SHARES

  • ग्लोबल आवाजले २० फागुनमा ‘दोस्रो टेन स्टिल्स मिडियाकप फुटसल’ गर्दै

    बुटवल,फागुन १३ ।

    बुटवलमा दोस्रो टेन स्टिल्स मिडियाकप फुटसल–२०७८ हुने भएको छ । ग्लोबल सञ्चारगृहद्वारा सञ्चालित ग्लोबल आवाजको आयोजनामा यही फागुन २० गते तिलोत्तमा भलवारीको सनराइज फुटसल एरिनामा प्रतियोगिता आयोजना हुने छ ।

    कोभिड संक्रमणका  कारण संकटमा परेका सञ्चारगृह र सञ्चारकर्मीहरुलाई मानसिक र शारीरिक रुपमा स्फूर्त बनाई भागृत्व भाव विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा रुपन्देहीका एक दर्जन बढी सञ्चारगृहहरुको सहभागिता रहने भएको छ ।

    रुपन्देहीको तिलोत्तमामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ ।  प्रतियोगिताले सञ्चारकर्मीबीच भातृत्व बिकास गर्नुका साथै थप नयाँ उर्जा प्रदान गर्ने अपेक्षा गरिएको ग्लोबल सञ्चारगृहका प्रवन्धक तथा ग्लोबल आवाज डटकमका प्रवन्ध सम्पादक गौतम भुसालले बताए । 

    टेन स्टिल्स प्रा.लि.को मुख्य प्रायोजन रहेको प्रतियोगिताका लागि हाइलाईफ फुड्स सह–प्रायोजक, साइन रेसुङ्गा डेभलप्टमेन्ट बैंक लिमिटेड बैंकिङ पाट्नरका रुपमा रहेको कार्यक्रम संयोजक डि.बी सुस्लिङले जानकारी दिए ।

    फागुन १७ गते टाई सिट सार्वजनिक गरिने आयोजकले जनाएको छ । राज्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने उक्त प्रतियोगिताको अवसरमा बुटवलको साझा अस्पतालले प्रतियोगिता अवधिभर निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गर्ने भएको छ ।

    प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार नगदसहित ट्रफि, कप, मेडल र प्रमाणपत्र रहेको छ भने दोस्रो पुरस्कार १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र रहेको छ । यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले ३ हजार ५ सय नगद राशीसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुस्लिङले जानकारी दिए ।

    विधागत तर्फका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट फरवार्डरले जनही २५०० नगद राशीसहित मेडल र प्रमाणपत्रले सम्मानित हुने छन् ।

    ४ लाख बढी खर्च अनुमान गरिएको प्रतियोगितामा महिला पत्रकारहरु बीच पनि मैत्रीपूर्ण खेल आयोजना हुने निर्देशक सृष्टि अधिकारीले बताइन् ।

    प्रतियोगिता बारे जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय समाचार संस्थाका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले प्रतियोगितालाई जीतको भावनाभन्दा भनि सद्भावको भावना बिकास गर्ने माध्यमका रुपमा लिन आग्रह गरे । यसैरी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल तथा राष्ट्रिय समाचार समिति लुम्बिनी प्रदेशका प्रमुख भरत केसीले कार्यक्रम सफलताको कामना गरे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology