बुटवल,फागुन १२।
अभिनेता पल शाहले आफूमाथि लागेका आरोप प्रमाणित भए नेपालको कानुन अनुसार सजाय भोग्न तयार रहेको बताएका छन् ।
आज बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि षड्यन्त्र भएको जिकिर गर्दै पलले यदि आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका हुन् ।
पलले आफूमाथि षड्यन्त्र गर्ने व्यक्तिहरूको नाम पनि सार्वजनिक गरेका छन् । आफूमाथि षड्यन्त्र गर्ने व्यक्तिहरू भन्दै पलले साथी दुर्गेश थापा, ठूल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागाईंको नाम उल्लेख गरेका छन् ।
बुधबार एक गायिकालाई बलात्कार गरेको आरोपमा पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उनका बुबाले जाहेरी दिएका थिए । जाहेरीदर्तापछि पलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीले पक्राउको तयारी गरेका बेला पलले आफूमाथि षड्यन्त्र भएको दाबी गरेका हुन् । उनले पाँचवटा अडियाे समेत सार्वजनिक गरेका छन् ।
अडियोमा पललाइ रित्ताे झोला बोकाएर दाङ फर्काउने वा ती गायीकासंग बिहे नै गराउने योजना सुनिन्छ ।
हेराैँ स्टाटस :
नमस्कार म पल शाह ![]()
म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।उक्त अडियो क्लिपमा भनिए अनुसार " पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो" , "हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो" साथै " घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो " लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)