Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस सभापति जस्ले आफ्नो शुभकार्य र पितृकार्य सधैँ आश्रममै मनाउँछन् 

कांग्रेस सभापति जस्ले आफ्नो शुभकार्य र पितृकार्य सधैँ आश्रममै मनाउँछन् 

  • 2.9K
    SHARES

  • कांग्रेस सभापति जस्ले आफ्नो शुभकार्य र पितृकार्य सधैँ आश्रममै मनाउँछन् 

    बुटवल,फागुन ५ ।

    ‘ठूलो मान्छे होईन, असल मान्छे हुनुपर्छ’।नेपाली कांग्रेसका जननायक बीपी कोईरालाको यो भनाई अहिलेका धेरै नेताहरुमा पटक्कै मेलै खाँदैन ।

    तर कोही यस्ता अपबादका नेता हुन्छन जसले आफ्नो जीवनलाई सरल, सरस र सामान्य बनाउँछन । तिनको सादगी ब्यवहार वीपीको महानबाणीसंग मेल खान्छ । नेपाली कांग्रेसका युवा नेता खेलराज पाण्डेय त्यस्तै नेता हुन जसले आफ्नो जन्मदिनको अवसरमा तडक भडक होइन, वीपीले भनेजस्तै असल बन्ने बाटो समात्दै दिनदुःखीको सहारा बनिरहेको आश्रममा मनाएर असल पात्र बन्ने सन्देश दिएका छन ।

    सरल जीवनशैली र सबैसँग घुलमिल हुन सक्ने क्षमताका धनी पाण्डेय अहिले नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सभापति पनि हुन ।  जेभिटी पाल्पाबाट नेविसघंको राजनीति गर्दै उनी पार्टीको मूल राजनीतिमा होमिदै लगातार तीनपटकसम्म बुटवल नगरको सभापति समेत बने । बिपीले देखाएको मार्गमा आफुलाई हिड्न रुचाउने पाण्डेय राजनीतिमा मात्र होईन सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको उनको आनीबानीबाटै थाहा हुन्छ ।ashramm.jpg

    अहिले जन्मदिन मनाउने फेसन नै बनेको छ तर सभापति पाण्डेले आफ्नो जन्मदिनलाई भब्य होइन सामान्य भन्दा पनि अति सामान्य तरिकाले मनाएका छन । सभापति पाण्डेयले बिहिबार आफ्नो ५२ औं जन्म दिन बुटवलमा मानव आश्रममा रहेका आश्रितहरु सँगै बसेर मनाएका हुन । त्यस अवसरमा बिहिबार पाण्डेयले जन्म दिनमा केक होइन मकैको फुला खाएर आफ्नो सादगी जीवनको परिभाषा दिए । साथमा आश्रमका आश्रितलाई खाना खुवाउने ब्यवस्था समेत गरे । 
    ‘समाजसेवाकै लागि राजनीतिमा लागेको बताउने पाण्डेय भन्छन– मानव सेवा र सरल जीवन शैली आफ्नो जीवनको लक्ष्य हो, राजनीतिलाई जीवनको लक्ष्य बनाएपनि जीवन शैलीलाई सरल राखेको हुँ । 
    ‘राजनीति मेरो जीवनको लक्ष्य हो तर सरल जीवन शैली भएन भने हाम्रो राजनीति कता तिर जान्छ, थाहा नहुन सक्छ, उनी भन्छन । 
    पाण्डेले आफू वीपीको आदर्शबादी बिचारबाट प्रभावित भएको बताउँदै बीपीको बिचारमा लागेकाहरु ब्यावहारिक समाजबादको बाटोमा लाग्नुपर्ने पाण्डेयको धारणा छ । उनको भावना छ– मान्छेका सुख दु्ःखमा जानु पर्छ, मर्दापर्दा घरमा गएर सन्चो विसन्चो सोध्ने गरौं, खाली मञ्चमा भाषण गरेर मात्र वीपीको समाजबाद आउँदैन । 
    आफ्नो जन्म दिन मनाउने विषय खुलाउँदै पाण्डेले भने– समाजबादको नारा लगाएरमात्र हुँदैन, नीजि जीवन हो भन्दैमा भड्किलो कार्यक्रम गर्न हुन्न भन्ने लाग्यो र पार्टीका साथीहरुसँग मिलेर मानव सेवा आश्रममा आएर जन्मदिन मनाएँ । 

    पाण्डेय २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार समेत हुन ।  एमालेका शिवराज सुवेदीले २३ हजार २४९ मत प्राप्त गर्दा  सभापति पाण्डेले २० हजार ८५१ मत प्राप्त गरेका थिए । आगामी बैशाख ३० गते.हुने स्थानीय तहको निर्वाचनमा उनै पाण्डेय नै कांग्रेसबाट मेयर पदको उम्मेदवार बन्ने निश्चित जस्तै रहेको नेताहरु नै बताउँछन ।

    सरल जीवन शैली र सबैसँग घुलमिल हुने क्षमता रहेकाले उनी बुटवलमा लोकप्रिय रहेको एमालेका नेताहरुको समेत ठम्याई छ । यही सरल स्वभावका कारण यसपटकको निर्वाचनमा पाण्डेयले नै बाजी मार्ने पक्का भएको विपक्षी दलहरु समेत स्वीकार गर्छन । 2.jpg

    उता नेपाली कांग्रेस प्रदेश सदस्य बालकुमारी भण्डारीले जन्मदिन मनाएपनि गरिब दुःखीको सेवामा लागेर मनाउन आग्रह गरिन । अचेल तडक भडकका साथमा जन्मदिन मनाउने प्रचलन आएको छ, उनले भनिन–जन्मदिन मनाउ तर गरिब दुःखीलाई सहयोग गरेर मनाऔं ।

    नेपाली कांग्रेसका अर्का नेता युवराज गिरीले जन्मदिन मनाउने नेपालीको प्रचलन नभएपनि गरिब दुःखीको सेवा गरेर मनाउनु नै उत्तम हुने बिचार राखे । पाण्डेयले जन्म दिन आश्रममा मनाएकोमा गिरिले उनको सराहना गरे ।

     मानव सेवा आश्रम बुटवलका अभिभावक लोकनाथ भुषालले सहयोगी मन भएका दाताहरुबाट आश्रममा आश्रीतहरुले भोजन पाएको बताए । अहिले बुटवलमा २ वटा घर भाडामा लिएर आश्रम सञ्चालित भएको बताउँदै उनले दाताहरुले आफ्नो शुभकार्य, जन्मदिन र पितृ कार्यमा आश्रममा आएर खाना खुवाउने गरेको जानकारी दिए ।manab sewa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology