Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस बुटवलले ३ सय वटा टोल समितिका पदाधिकारीलाइ प्रशिक्षण दिने

कांग्रेस बुटवलले ३ सय वटा टोल समितिका पदाधिकारीलाइ प्रशिक्षण दिने

  • 5.3K
    SHARES

  • कांग्रेस बुटवलले  ३ सय वटा टोल समितिका पदाधिकारीलाइ प्रशिक्षण दिने

    बुटवल,फागुन ४ ।

    नेपाली काङ्ग्रेस बुटवल उपमहानगर समितिको  बैठकले बिभिन्न निर्णय गरेको छ । कांग्रेस बुटवलले तीनसय वटा टोल समितिका पदाधिकारीलाइ प्रशिक्षण दिने भएको हाे ।

    काङ्ग्रेस  बुटवल उप महानगर समितिको  बैठकले बिभिन्न निर्णय गरेको हो ।बैठकले  आवश्यकता  अनुसार , सुकुम्बासी  तथा अब्यबस्थित भेला , तरुण  बिधार्थि भेला, महिला भेला, उधोगि ब्यावसायि भेला,बुद्धिजीबी फाँटको भेला, ट्रेडयुनियनकर्मिको भेला राख्ने जनाएको छ ।

    त्यस्तैगरी पार्टीको  १४ औँ  महाधिवेशनबाट बुटवल  उप महानगरपालिका  भित्रका, निर्वाचित ९  प्रदेश  प्रतिनिधि हरु,  प्रदेश सभापति हरु, महासमिति सदस्य हरु ,महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र न  २ र ३ का क्षेत्रीय सभापतिहरु, जिल्ला  सचिव तथा सदस्य हरु, ११ जना लुम्बिनी प्रदेश सदस्यहरु , नगर प्रदेश  तथा क्षेत्रका पदाधिकारी  तथा सदस्य हरु सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

    बैठकले  मतदाता नामावली लेखाउने समयमा खट्ने सबैलाइ धन्यबाद दिएको छ । स्थानीय तहको निर्वाचनमा
    पार्टीका उम्मेदवारहरुलाई बिजयी बनाउन अनुरोध गर्ने निर्णय भएको नगर सचिब छाया पोखरेलले नागरिक अनलाइनलाइ बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology