बुटवल,फागुन ३ ।
लुम्बिनी प्रदेशरका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशलाई समृद्ध बनाउको अधिकतम प्रयास गरेको बताएका छन् ।
उनले त्यही नै ४ वर्ष उपलब्धीको वर्ष भएको बताए । मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशका चौँथाे स्थापना दिवसको सभालाई सम्वोधन गर्दै सबैको साथ र सहयोग बाट बिकासिय कार्य युद्धस्तर बाट अगाडि बढने बताएका छन ।लुम्बिनी प्रदेशले जनताको आकांक्षाहरुलाई पूरा गर्नका लागि सरकार निरन्तर लागेको बताउँदै त्यसका लागि राजनीतिक एकता र सहकार्यको आवश्यक रहेको उनको भनाइ छ ।
पछिल्लो एक वर्ष नयाँ राजनीतिक सहकार्यतामा सरकार निर्माण भएकोले गठबन्धीय राजनीतिले अझै जनतालाई धर धुरीमा सेवा प्रदान गर्नका लागि अगाडि बढेको र समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशका लागि प्रदेश सरकार लागि परेको उल्लेख गरे ।
लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा ५७ जनालाई प्रदेश पदकले विभूषित गरेको छ ।प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आयोजित स्थापना दिवसको कार्यक्रममा १० वटा विधामा ५७ जनालाई विभूषित गरिएको हो । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पदकसहित उनीहरूलाई विभूषित गरेका हुन् ।
जस अनुसार प्रदेश प्रमुख जनसेवा पदक क बाट अर्घाखाँचीका राजु नेपाली नामले चिनिने भक्तिप्रसाद आचार्य विभूषित भएका छन् । उनी नेपालको प्रजातान्त्रिक अन्दोलनका क्रममा भारतमा दर्जनौं पटक गिरफ्तार र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएको भन्दै पदक प्रदान गरिएको हो ।यस्तै, प्रदेश प्रमुख जनसेवा पदक ख कपिलवस्तुका रामवरण यादवलाई प्रदान गरिएको छ ।
सोही पदक रुकुम पूर्वका प्रेम मल्ल र दिलमाया बीएमलाई प्रदान गरिएको छ । दुवैजनाले जनयुद्धका क्रममा मारिएका थिए ।यस्तै प्रदेश प्रमुख जनसेवा पदक ग४ जनालाई प्रदान गरिएको छ । जसमा बांकेका माताप्रसाद कुर्मी, गुलजार खान र रोल्पाकी लली रोका र बर्दियाकी निर्मला योगी छन् ।
यस्तै, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक क गुल्मीका कर्णबहादुर छेत्री, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ख दाङका बासुदेव गौतम र रोल्पाकी तेजकुमारी ओली, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ग बर्दियाका टीकाराम थारुलाई दिइएको छ । प्रदेश सेवा समर्पण क बाट राजेन्द्र थापा, प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग दुई जनालाई प्रदान गरिएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)