Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुस-युक्रेनबीच युद्ध टार्ने कूटनीतिमा जोड दिन शान्ति समाजको आग्रह

रुस-युक्रेनबीच युद्ध टार्ने कूटनीतिमा जोड दिन शान्ति समाजको आग्रह

  • 2.3K
    SHARES

  • रुस-युक्रेनबीच युद्ध टार्ने कूटनीतिमा जोड दिन शान्ति समाजको आग्रह

    बुटवल,माघ २० ।

    मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रदर्शन गरेको छ ।

    रुस र युक्रेनबीच बढ्दो तनाव अन्त्य गर्न, युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले बुटवलको चौराहामा प्रदर्शन गरेको हो ।

    प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्ध टार्ने कूटनीतिमा जोड दिँदै युद्धको कुनै पनि संभावनालाई खारेज गर्न संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।

    प्रदर्शनमा रुस र युक्रेनलाई युद्ध रोक्न शान्ति प्रवद्र्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न आग्रहसहित युद्धमा कसैले पनि जित्दैनन् पराजित केवल मानवता हुने गर्छ, युद्धमा सवैको क्षय हुन्छ, शान्ति मा सवैको जय हुन्छ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

    कार्यक्रममा रूपन्देही सभापति डिपि खनाल,सामाजिक अभियान्ता प्रजापाल गिरी, समाजका जिल्ला सचिव कपिल ज्ञवाली लगायतले बोलेका थिए ।

    प्रदर्शन बिहान ११ बजेदेखी आधा घण्टासम्म भएको थियो ।santi samaj rupandehi.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology