Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसका प्रदेश समितिलाई प्रभावकारी र बलियो बनाउनुपर्छ : सभापति अमरसिंह पुन

कांग्रेसका प्रदेश समितिलाई प्रभावकारी र बलियो बनाउनुपर्छ : सभापति अमरसिंह पुन

  • 3.1K
    SHARES

  • कांग्रेसका प्रदेश समितिलाई प्रभावकारी र बलियो बनाउनुपर्छ  : सभापति अमरसिंह पुन

    बुटवल,माघ १५ । 

    नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेस पार्टीमा अहिले आमूल परिवर्तनको खाँचो रहेको बताउनु भएको छ ।

    नेपाली कांग्रेस देवदह नगर समिति रुपन्देहीद्वारा आयोजित भेटघाट कार्यक्रममा सभापति पुनले अब विगतको तरिकाले पार्टी चल्ने नसक्ने भएकाले परिवर्तनको खाँचो रहेको बताउनु भएको हो । 

    पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य समेत रहनु भएका पुनले कांग्रेसलाई जनमुखी र समय अनुकूल बनाउन पार्टीका नेता तथा कार्यकर्ताको आचरण पनि परिवर्तन गर्नुपर्ने समय आएको बताउनु भयो ।

    उहाँले संविधान अनुसार १४औं महाधिवेशनबाट प्रदेश समितीहरू निर्माण भइ सकेको बताउदै प्रदेश समितिलाई प्रभावकारी र बलियो बनाउनु पर्ने धारणा राख्नु भएको छ । महाधिवेशन ताका भएका सम्पूर्ण तिक्तताको अन्त्य गर्दै एकताका साथ अगाडि बढ्न पनि उहाँले सबैलाई अपिल गर्नु भएको छ ।

    भेटघाट कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका सदस्य प्रकाश राना, नेपाली कांग्रेस नेता युवराज गिरी लगायतका नेता तथा शुभेच्छुकहरूको उपस्थित रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology