Logo बिहिवार, आश्विन १ गते २०८३
images

२७ औँ संस्करणको क्यान इन्फोटेक माघ १८ गतेदेखि हुने

२७ औँ संस्करणको क्यान इन्फोटेक माघ १८ गतेदेखि हुने

  • 4.9K
    SHARES

  • २७ औँ संस्करणको क्यान इन्फोटेक माघ १८ गतेदेखि हुने

    बुटवल, पुस  १२।

    कम्प्युटर एशोसिएशन महासंघ नेपाल (क्यान) को आयोजनामा २७औँ संस्करणको क्यान इन्फोटेक २०२२ आगामी माघ १८ देखि २३ गतेसम्म हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने इन्फोटेकको तयारी तीब्र बनाइएको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कोभिडलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि इन्फोटक गरिने उनले बताए ।

    आइएमई पे क्यान इन्फोटेकमा सूचना तथा प्रविधि क्षेत्रमा विकास भएका नवीनतम प्रविधि प्रदर्शनी गरिनेछ । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहने कुँवरले जानकारी दिए ।

    प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि तथा उपकरणको अवलोकन र खरिद गर्न पाउने महासंघका महासचिव नारायण थापाले बताए ।

    प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने आयोजकको विश्वास छ । क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजि, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न खण्ड रहने सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

    इन्फोटेकमा प्रदर्शनीकर्ताले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपिएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुशन, सिसीटिभी र हार्डडिस्क, आइओटी गर्नेछन् ।

    त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।

    इन्फोटेकलाई आइएमई पेले टाइटल स्पोन्सर गरेको छ । इन्फोटेकमा सहकार्य गर्न पाइदा खुसी लागेको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटाले जानकारी दिए ।

    सन् १९९५ देखि क्यान महासङ्घले क्यान इन्फोटेकको सुरुआत गरेकामा सन् २०२० मा इन्फोटेकको २६औँ संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो । नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरूपमा आयोजना हुने प्रदर्शनी एवं सम्मेलन मुलुककै ठूलो प्रदर्शनी हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology