Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेस महाधिवेशन :सभापतिका लागि दोस्रो चरणको मतदान जारी

काँग्रेस महाधिवेशन :सभापतिका लागि दोस्रो चरणको मतदान जारी

  • 3.2K
    SHARES

  • काँग्रेस महाधिवेशन :सभापतिका लागि दोस्रो चरणको मतदान जारी

    बुटवल,मंसिर २८ ।

    नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान भैरहेको छ । राजधानीको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान सुरु भएको हो । 

    पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच फेरि प्रतिस्पर्धा हुन लागेको हो ।vote 2nd.jpg

    दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

    पहिलो चरणमा सभापति चयनका लागि सोमबार भएको मतदानमा ७६ मत बदर भएको थियो । निर्वाचन समितिका अनुसार खसेको ४६७९ मध्ये ७६ मत बदर  भएको हो । 

    समितिका अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत ल्याए भने शेखर कोइरालाले १७०२, विमलेन्द्र निधिले २५०, प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

    काँग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन्  ।vote.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology