Logo बिहिवार, आश्विन १ गते २०८३
images

दोस्रो चरण मतदानबाट विजय हुनेमा विश्वस्त छु : डा.शेखर कोइराला

दोस्रो चरण मतदानबाट विजय हुनेमा विश्वस्त छु : डा.शेखर कोइराला

  • 2.5K
    SHARES

  • दोस्रो चरण मतदानबाट विजय हुनेमा विश्वस्त छु : डा.शेखर कोइराला

    बुटवल,मंसिर २८ ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले अर्को चरणमा आफ्नो विजय हुनेमा विश्वस्त रहेको बताएका छन्।

    दोस्रो चरणको मतदानअघि विशेष पत्रकार सम्मेलन गर्दै उनले मतदाताले गुट र भागबन्डा नहेरी कांग्रेस रुपान्तरणका पक्षमा भोट हाल्ने बताए।

    एक मतले कांग्रेसको मात्रै नभएर नेपालको भविष्य परिवर्तन गर्ने बताउँदै उनले भोट हाल्दा अन्तरमनको आवाज सुन्न कार्यकर्तासँग आग्रह गरेका छन्। उनले भने , ‘मैले आजसम्म कांग्रेसको रुपान्तरण र पुनर्जागरणका कुरा गर्दै आइरहेको छु। तार्किक निष्कर्षमा पुर्‍याउनु छ, सबै मिलेर काम गर्छौं।’

    कांग्रेस जीवनको समग्र सुधार गर्न खोजिरहेका कारण त्यसका पक्षधरले आफूलाई जिताउने उनको विश्वास रहेको छ। उनले लोकतन्त्रको भविष्य सुनिश्चित गर्नुका साथै आउने पुस्ताका लागि आफूले काम गर्ने बताए। 

    पहिलो चरणमा मतदान गर्ने महाधिवेशन प्रतिनिधिप्रति उनले कृतज्ञतासमेत प्रकट गरेका छन्।congress-result.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology