Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने,पहिलोचरणमा कसैको पनि पुगेन बहुमत !

कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने,पहिलोचरणमा कसैको पनि पुगेन बहुमत !

  • 3.8K
    SHARES

  • कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने,पहिलोचरणमा कसैको पनि पुगेन बहुमत !

    बुटवल,मंसिर २८ ।

    नेपाली कांग्रेसमा पहिलाेचरणको मतदानले सभापतिमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि पुनः मतदान हुने भएको छ ।

    आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।

    आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो ।मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।congress-result.jpg

    पहिलाेचरण फाइनल मतपरिणाम :

    शेर बहादुर देउवा - २२५८

    डा. शेखर कोइराला - १७२९

    प्रकाशमान सिहं - ३७१

    विमलेन्द्र निधि - २४९

    कल्याण गुरुङ - २०

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology