Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस महाधिवेशन मतगणना : सभापतिमा ३ हजार १८१ मत गन्दा कसको कति ?

कांग्रेस महाधिवेशन मतगणना : सभापतिमा ३ हजार १८१ मत गन्दा कसको कति ?

  • 3.0K
    SHARES

  • कांग्रेस महाधिवेशन मतगणना : सभापतिमा ३  हजार १८१ मत गन्दा कसको कति ?

    बुटवल, मंसिर २८ ।

     नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मत गणना जारी छ। पछिल्लो परिणाम अनुसार सभापतिका प्रत्यासी शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्। ३१ सय ८१ भोट गनिसक्दा सभापतिमा देउवाले अग्रता बढाउँदै लगेका हुन्।

    हाल देउवाले १५०६मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले ११ सय ७८मत ल्याएका छन्। त्यसैगरी प्रकाशमान सिंहको २५४ विमलेन्द्र निधिको १७३ तथा सभापतिका अर्का प्रत्यासी  कल्याण गुरुङले १५ मत पाएका छन्।   

    काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना जारी छ। मतगणना सुरु भएको ३ घण्टाभित्र सभापति पदको परिणाम सार्वजनिक हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अधिकारीहरुले बताएका थिए। 

    सोमबार दिउँसोदेखि भएको मतदान राति करिब १२ बजे मात्रै सकिएको थियो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ६७९ मत खसेको छ।

    कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ।

    सभापति पदमा जितका लागि कुनै पनि उम्मेदवारले २ हजार ३४० मत ल्याउनुपर्ने भएको छ। सभापतिका उम्मेदवारमध्ये कसैले पनि खसेको कूल मतको ५० प्रतिशतभन्दा बढी अर्थात २ हजार ३४० मत कटाउन नसके सभापति चुन्न दोस्रो चरणको मतदान हुनेछ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology