Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसको १४ औँ महाधिवेशन : अहिलेसम्म १ हजार ९ सय ९३ मत खस्यो

कांग्रेसको १४ औँ महाधिवेशन : अहिलेसम्म १ हजार ९ सय ९३ मत खस्यो

  • 3.1K
    SHARES

  • कांग्रेसको १४ औँ महाधिवेशन : अहिलेसम्म १ हजार ९ सय ९३ मत खस्यो

    बुटवल,मंसिर २६ ।

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज भएको मतदानमा १९९३ मत खसेको छ । काग्रेसको बिहान ११ः१५ बजेपछि शुरु भएको मतदानमा १९९३ मत खसेको हो ।

    १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रिय सभा गृहमा ६८६ र भृकुटीमण्डपका दुई स्थान प्रदर्शनी हल र प्राङ्गण मा १३ सय ७ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।

    कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका थिए । एक जना प्रतिनिधिलाई मतदान गर्न ४५ मिनेटसम्म समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । दुई जना निर्विरोध भएका छन् । 

    १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology