बुटवल,मंसिर २७ ।
नेपाली कांग्रेसको जारी महाधिवेशनमा मधेशीतर्फ सह-महामन्त्रीका उम्मेदवार रञ्जित कर्णले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
आइतबार साँझ कर्णले उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । डा. शेखर कोइराला प्यानलका मधेशीतर्फको सह महामन्त्रीका उम्मेदवार रामकृष्ण यादवलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् ।
उम्मेदवारी फिर्ता लिने समय आइतबार बिहान साढे १२ बजेसम्म तोकिएको थियो । कर्णले उम्मेदवारी फिर्ता लिएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)