Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिटौलाले पहिलाेपटक गरे सभापति शेरबहादुर देउवाको प्रशंसा !

सिटौलाले पहिलाेपटक गरे सभापति शेरबहादुर देउवाको प्रशंसा !

  • 2.6K
    SHARES

  • सिटौलाले पहिलाेपटक गरे सभापति शेरबहादुर देउवाको प्रशंसा !

    बुटवल,मंसिर २६ ।

    कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन्। जारी महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका देउवालाई सिटौलाले समर्थन गरेका छन्।

    ‘उहाँले यस पाँच वर्षमा उहाँले पार्टीलाई बचाएर सर्वसम्मतिका साथ पार्टीलाई हिँडाउन सफल हुनुभयो। आगामी दिनमा अझ बढी सफल हुनुहुन्छ भनेर मैले उहाँलाई साथ दिएको हो,’ सिटौलाले भने।

    आइतबार देउवासहितको कार्यक्रममा सम्बोधन गर्दै सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई किन निरन्तरता नदिने ? के बिग्रेको छ ? भन्ने प्रश्न गरे। ‘आखिर हामीले दुई कार्यकाल निरन्तर प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेकै छौं। उहाँलाई नै निरन्तरता दिनुपर्छ। कांग्रेसको लागि यो बाध्यात्मक अवस्था हो,’ उनले भने।

    सिटौलाले आफू सडकमा बसेर पनि देउवालाई समर्थन गर्छु भनेको बताए। ‘मैले कुनै पदमा उम्मेदवारी दिएको छैन,’ उनले भने, ‘शेरबहादुर देउवादेखि प्रदीप पौडेलसम्म परिपक्‍व नेतादेखि युवा नेतासम्म छन्। हामीले सबैले यो प्यानललाई जिताउन विश्वासको मत प्रयोग गर्नुपर्छ।

    सिटौलाले सभापतिमा हारेको व्यक्तिलाई प्रधानमन्त्रीमा बोकेर आफूहरु निर्वाचनमा कसरी जाने भन्दै प्रश्न गरे।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology