बुटवल,मंसिर २६ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको निर्वाचनका लागि ४९१ जना चुनावी मैदानमा रहेका छन् । सोमबार बिहान ८ बजेदेखि मतदान हुँदैछ ।
५४८ ले उम्मेदवारी दिएकामा दुई पदाधिकारीसहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएपछि अन्तिम नामावली सार्वजनिक भएको छ । आइतबार दिउँसो १ बजे निर्वाचन समितिले दिएको जानकारी अनुसार सभापतिमा युवराज न्यौपाने र सहमहामन्त्रीका सुरेन्द्र चौधरीसहित ५७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
जसमा ५५ जना केन्द्रीय सदस्यहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । अब १३४ पदका लागि ४९१ जना उम्मेदवारहरु मैदानमा छन् ।
मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको निर्वाचन समितिले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)