Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसका युवा नेता गोकर्ण पौडेलद्वारा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

कांग्रेसका युवा नेता गोकर्ण पौडेलद्वारा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

  • 2.2K
    SHARES

  • कांग्रेसका युवा नेता गोकर्ण पौडेलद्वारा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

    बुटवल, मंसिर २६ ।

    नेपाली कांग्रेसका युवा नेता गोकर्ण पौडेलले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । 

    रूपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका पौडेलले शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका हुन् । 

    पौडेल पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति स्व। गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव थिए । कोइरालाको पीए बनेर अनुभव संगालेका पौडेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । 

    कोइरालाका विश्वासपात्र पौडेलले हरेक नेता तथा कार्यकर्ताको काम विना भेदभाव गर्ने गरेको कांग्रेसी नेता कार्यकर्ताले बताउने गरेका छन् । congress_convention.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology