Logo मंगलवार, श्रावण १२ गते २०८३
images

खस आर्यबाट कांग्रेस केन्द्रिय सदस्यमा चितवनका प्रकाश अधिकारी

खस आर्यबाट कांग्रेस केन्द्रिय सदस्यमा चितवनका प्रकाश अधिकारी

  • 3.1K
    SHARES

  • खस आर्यबाट कांग्रेस केन्द्रिय सदस्यमा चितवनका प्रकाश अधिकारी

    बुटवल, मंसिर २६ ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोलि नेतृत्व छनोट हुँदैछ । आज आइतबार प्रतिनिधिसँग मत माग्न उम्मेदवार व्यस्त छन् ।

    यस्तै व्यस्त मध्ये खस आर्यतर्फका उम्मेदवार चितवनका प्रकाश अधिकारी मतदातामाँझ लोकप्रिय देखिए । उनले नेपाली कांग्रेसमा पुर्याएको योगदानले लोकप्रिय छवि बनाएका अधिकारी २०३६सालको विद्यार्थी आन्दोलनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

    विद्यार्थी राजनीतिमा सक्रिय रहँदै नेपाल विद्यार्थी संघ नेविसंघमा आबद्ध भइ विभिन्न कालखण्डमा स्कुल कलेजको अध्यक्ष हुदै स्ववियु सभापति पदको उम्मेद्वार, नेविसंघ, चितवनको निर्वाचित सभापति र एनपि साउदको पालामा केन्द्रीय सदस्यसम्मको नेतृत्व सम्हालेर कांग्रेस राजनीतिमा अनुभव संगालेका छन् ।

    विद्यार्थी राजनीतिपछि प्रजातन्त्रवादी प्राध्यापक संघको केन्द्रीय सदस्य, नेपाल प्राध्यापक संघको केन्द्रीय महासचिवको जिम्मेदारी वहन गरी सकेको र नेपाली कांग्रेसको संगठनलाई मजबुद बनाउन निरन्तर लागि रहने क्रममा नेपाली कांग्रेस चितवन जिल्ला कार्य सम्पादन समितिको सदस्य, १३औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य भइसकेका अधिकारी चितवन जिल्ला सभापतिको प्रतिस्पर्धी समेत थिए ।

    नेविसंघ राजनीतिको पृष्ठभूमि बोकेका अधिकारीका समकक्षीहरु नै यतिबेला महाधिवेशनमा नेतृत्वका आकांक्षी र मतदाता भएकाले उनको लोकप्रियता चुलिएको हो । संस्थापन समूहबाट उम्मेदवार बनेका अधिकारीले विगत स्मरण गर्दै आफूलाई केन्द्रीय सदस्य पदमा मतदान गरिदिन अनुरोध गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology