Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाली कांग्रेस महाधिवेशन : १३४ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी

नेपाली कांग्रेस महाधिवेशन : १३४ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी

  • 3.9K
    SHARES

  • नेपाली कांग्रेस महाधिवेशन : १३४  केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी

    बुटवल,मंसिर २५ ।

    नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय समितिका सदस्यका लागि ५०९ जनाको उम्मेदवारी दर्ता भएको छ। कांग्रेसमा १३४ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। 

    जारी महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयनमा प्यानलगत र स्वतन्त्र रुपमा ५०९ जना प्रतिनिधिले केन्द्रीय समितिका सदस्य तथा पदाधिकारीका लागि उम्मेदवारी दिएका हुन्। 

    पदाधिकारीमा १  जना सभापति बाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री चयन हुनेछन्। १ कोषाध्यक्ष भने केन्द्रीय सदस्य मध्येबाट १ जनालाई सभापतिको सिफारिसमा केन्द्रीय समितिले चयन गर्नेछ। 

    पदाधिकारीमा सभापतिका लागि ६ जना, उपसभापतिका लागि ७ जना, महामन्त्रीका लागि ५ जना र सह–महामन्त्रीका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ। 

    कूल १६७ सदस्यीय केन्द्रीय समितिमध्ये २० प्रतिशत अर्थात् ३३ वटा पदमा सभापतिले मनोनित गर्न पाउँछन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology