Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘प्रतिगामी तत्वहरुलाई भन्न चाहन्छु,फेरि शिर उठाउने दुस्साहस नगर्नुस् ’ : माधबकुमार नेपाल

‘प्रतिगामी तत्वहरुलाई भन्न चाहन्छु,फेरि शिर उठाउने दुस्साहस नगर्नुस् ’ : माधबकुमार नेपाल

  • 2.2K
    SHARES

  • ‘प्रतिगामी तत्वहरुलाई भन्न चाहन्छु,फेरि शिर उठाउने दुस्साहस नगर्नुस् ’ : माधबकुमार नेपाल

    बुटवल,मंसिर २४ ।

    नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

    शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेको सम्झिए । तर अहिले कालो बादल मडारिन खोजेको भन्दै उनले भने, ‘प्रतिगामी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ ।’

    नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको भन्दै उनले राजतन्त्र फर्काउने दुस्साहस नगर्न आग्रह गरे । उनले अघि भने, ‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ । तर एउटा वंशको शासन हामीलाई स्वीकार छैन ।’

    राज्य सत्ता र पार्टीभित्र विकृति रहेको नेपालले बताए । विकृतिका बाहकहरुले फैलाइराख्ने र आफूहरु टुलुटुलु हेरर बस्न हुन नसक्ने भन्दै उनले भने, ‘त्यो विकृति शुरु हुन्छ, भ्रष्टाचार, सत्ताको दुरुपयोग गर्ने, मैमत्त गर्ने प्रवृतिबाट । लोकतन्त्रको मुल्य मान्यतालाई कुल्चने प्रवृत्तिबाट, अरुको सम्मान नगर्ने प्रवृत्तिबाट । अरुको मर्यादा नगर्ने प्रवृतिबाट ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology