Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसलाई ओलीको सुझाव-अरुका नीतिका पछाडि होइन,आफ्नो नीतिमा अरुलाई हिँडाओस्

कांग्रेसलाई ओलीको सुझाव-अरुका नीतिका पछाडि होइन,आफ्नो नीतिमा अरुलाई हिँडाओस्

  • 2.3K
    SHARES

  • कांग्रेसलाई ओलीको सुझाव-अरुका नीतिका पछाडि होइन,आफ्नो नीतिमा अरुलाई हिँडाओस्

    बुटवल,मंसिर २४ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई अरुका नीतिका पछाडि होइन, आफ्नो नीतिमा अरुलाई हिँडाओस् भन्ने सुझाव दिएका छन्। उनले नेपाली कांग्रेस सबैलाई साथ लिएर अगाडि चल्नुपर्ने बताए।

    शुक्रबार कांग्रेस महाधिवशेनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले देश बनाउन सँगै जाने कुरामा नेकपा एमाले कांग्रेसको साथमा रहेको बताए। ‘हामी सरकारमा छैनौं। प्रतिपक्षमा छौं। प्रतिपक्ष भनेको संसद्को अङ्‍ग होइनरु हामी लोकतन्त्रको सवालमा सँगै छैनौं ? हामी लडेका छैनौंरु सरकारबाट हट्नुपर्ला कि भन्ने कतिपयलाई चिन्ता होलारु नेकपा एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन। हामी राष्ट्र निर्माणको काममा एकजुट भएर अगाडि बढ्नुपर्छ ओलीले भने।

    उनले केही साना दललाई कांग्रेसले औंलो समाउन दिएन भने के होला भन्ने पीर रहेको बताए। ‘सधैँ सुन्छु- सँगै जानुपर्छ, सँगै जानुपर्छ। सँगै जानुपर्छ भनेको सरकारमा मात्रै हो कि देश बनाउन सँगै जाने हो ?,’ उनले प्रश्न गरे।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology