Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसको १४औं महाधिवेशन: एउटै मञ्चमा देउवा,ओली,दाहाल र नेपाल

कांग्रेसको १४औं महाधिवेशन: एउटै मञ्चमा देउवा,ओली,दाहाल र नेपाल

  • 1.8K
    SHARES

  • कांग्रेसको १४औं महाधिवेशन: एउटै मञ्चमा देउवा,ओली,दाहाल र नेपाल

    बुटवल,मंसिर २४ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल करिब १ वर्षपछि एउटै मञ्चमा देखिएका छन् ।

    शुक्रबार भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल र ओलीसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै देखिएका हुन् ।

    पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिन छाडेका थिए । तत्कालीन नेकपा सचिवालयको ७० औं बैठकमा ओलीमाथि दर्जनौं संगीन आरोप लगाउँदै दाहालले प्रस्ताव पेस गरेपछि दुई नेताबीचको सम्बन्ध बिग्रिएको थियो ।

    पुस ४ गते खुमलटारस्थित दाहाल निवासमै पुगेर ओलीले आरोपपत्र फिर्ता लिन आग्रह गरेका थिए । उनले प्रस्ताव फिर्ता नभए आफू जस्तोसुकै अप्रिय कदम चाल्न पनि पछि नपर्ने संकेत गरेका थिए ।

    त्यही संकेतअनुरुप नै उनले पुस ५ गते बिहान प्रतिनिधिसभा विघटनको निर्णय गरे । त्यस्तै ओली र नेपालबीच करिब ५ महिनायता भेटघाट भएको छैन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology