Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा शुरु

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा शुरु

  • 2.9K
    SHARES

  • नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा शुरु

    बुटवल,मंसिर २४ ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।

    राजधानीको भृकुटीमण्डपमा हजारौँ नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकको उपस्थितिमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । 

    उद्घाटन समारोहको सभापतित्व पनि सभापति शेरबहादुर देउवाले गरेका छन् भने समारोहमा काँग्रेसका शीर्ष नेताहरुका साथै विभिन्न पार्टीका नेताहरुको सहभागिता रहेको छ ।nepali congress sammelan.jpg

    उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,एमाले अध्यक्ष केपी शर्मा ओली,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विदेशी पाहुना समेतको उपस्थिति रहेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कार्यक्रममा जानकारी दिए । 

    काँग्रेसको महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि चुनावी प्रक्रिया शनिबारदेखि सुरु हुनेछ । यस्तै मतदान आइतबार हुनेछ । काँग्रेसको सभापतिमा हालसम्म शेरबहादुर देउवा र विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् भने रामचन्द्र पौडेल पक्षले भने उम्मेदवारको टुंगो लगाइसकेको छैन । यसैबीच, सभापति देउवाले काँग्रेसको एप पनि उद्घाटन गरेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology