Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस सभापतिका दाबेदार डा.शेखर कोइरालाले थाले ‘एक पटक यसै पटक’ प्रचार अभियान

कांग्रेस सभापतिका दाबेदार डा.शेखर कोइरालाले थाले ‘एक पटक यसै पटक’ प्रचार अभियान

  • 3.3K
    SHARES

  • कांग्रेस सभापतिका दाबेदार डा.शेखर कोइरालाले थाले ‘एक पटक यसै पटक’ प्रचार अभियान

    बुटवल,मंसिर २३ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले १४ औं महाधिवेशनमा सभापतिका लागि प्रचार सुरू गरेका छन् ।

    संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला बिहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान छेडेका छन् ।

    संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापतिका आकांक्षी छन् । मंगलबारदेखि साझा उम्मेदवार तय गर्ने विषयमा इतर पक्ष छलफलमा जुटेको जुट्यै छ । बिहीबारसम्म पनि सहमतिका लागि छलफल भएको थियो । तर, कुनै निकास निस्कन सकेको छैन ।

    प्रकाशमान र शेखरबीच सहमति हुन नसक्दा नेता पौडेल चिन्तित बनेका छन् । तीनैजना आजको केन्द्रीय समिति बैठकमा समेत उपस्थित भएनन् ।

    प्रकाशमानले आफूले सभापतिमा दाबेदारी नछाडेको बताएपछि शेखरले पनि सभापतिको उम्मेदवारी दिने भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology