Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महामन्त्री नछाड्न गृहमन्त्री बालकृष्ण खाँणलाइ रूपन्देहीबासीको दबाब

महामन्त्री नछाड्न गृहमन्त्री बालकृष्ण खाँणलाइ रूपन्देहीबासीको दबाब

  • 3.8K
    SHARES

  • महामन्त्री नछाड्न गृहमन्त्री बालकृष्ण खाँणलाइ रूपन्देहीबासीको दबाब

    बुटवल,मंसिर २३ ।

    नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत संस्थापनबाट महामन्त्रीका प्रमुख दाबेदारी गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेका छन् ।

    प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले एकदमै विश्वास पात्र खाँण महामन्त्रीका लागि जस्तोसुकै त्याग गर्न तयार छन् । प्रधानमन्त्रीको पछिको दोस्रो वरियतामा रहेका खाँणले गृहमन्त्रीसहित सरकारको जिम्मेवारी त्याग्नसमेत तयार रहेको बताउँछन् । 

    संस्थापन पक्षमा महामन्त्रीमा बढी आकांक्षी देखिएका छन् ।

    महामन्त्रीमा आकांक्षी धेरै पनि आफ्ना विश्वासपात्र खाडलाई ल्याउने तयारीमा देउवाले ग्रिन सिग्नल दिएका छन् । खाँणले महामन्त्रीमा आफ्नो दाबी रहने र त्यसका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको देउवालाई बताएका थिए । 

    गृहमन्त्री भन्दा पार्टीको महामन्त्रीको जिम्मेवारीलाई खाणले बटमलाइन बनाएका छन् । रूपन्देही निवासी खाँणलाई प्रतिनिधिले महामन्त्रीमा अघि बढ्न चर्को दबाबसमेत दिइरहेका छन् ।

    उनले भने, ‘जो गुटलाई बलियोसँग चलाएको छ, त्यो अगाडि आउने परिपाटी हटन सक्दैन। पार्टीमा अहिलेको अवस्था यस्तो छ। अरू पार्टीसँग प्रतिस्पर्धाको कुरा बेग्लै हो। पार्टीमा गुट चलाउँदा भने तीव्र ध्रुवीकरण हुन्छ।’ 

    कांग्रेसमा पार्टी र सरकारको नेतृत्व फरक फरक भएका बेला पार्टी र सरकार दुवैमा संकट आउने बताएका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology