Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस महाधिवेशन : भारतको सत्तापक्ष र विपक्षका चार नेता सहभागी हुने 

कांग्रेस महाधिवेशन : भारतको सत्तापक्ष र विपक्षका चार नेता सहभागी हुने 

  • 2.2K
    SHARES

  • कांग्रेस महाधिवेशन : भारतको सत्तापक्ष र विपक्षका चार नेता सहभागी हुने 

    बुटवल,मंसिर २३ ।

    शुक्रबार उद्घाटन हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भारतका चार नेता सहभागी हुने भएका छन्।

    बिहीबार नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय जनता पार्टी र कंग्रेस आईसहितका चार जना नेता महाधिवेशनमा सहभागी हुन आउने जानकारी दिए। 

    कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम रहेको छ।

    कांग्रेस महाधिवेशनको उद्घाटन समारोह २ घण्टाभित्र सकिने  :

    नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोह २ घण्टाभित्र सकिने भएको छ। 

    बिहीबार पार्टी मुख्यालयमा सानेपामा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले उद्घाटन समारोह २ घण्टाभित्र सक्ने गरी व्यवस्थापन मिलाइएको जानकारी दिए। 

    उद्घाटन समारोहमा देशका प्रमुख पार्टीका नेता र विदेशी प्रतिनिधिले आ–आफ्ना धारण राख्ने र पार्टीका नेतृत्वले सम्बोधन गरेपछि उद्घाटन कार्यक्रम सक्ने तयारी गरिएको प्रवक्ता शर्माले बताए। 

    प्रतिस्पर्धी राजनीतिक दलको नेतृत्व समेत उद्घाटन सत्रमा सहभागी हुने प्रवक्ता पौडेलले बताए। अन्तिम केन्द्रीय समितिको बैठकमा विधिवत रुपमा कुनै विधान संशोधनको प्रस्ताव नभएको भन्दै उनले रामचन्द्र पौडेल बैठकमा सहभागी नभएको जानकारी दिए। 

    पौडेललाई भेट्न मुख्यसचिव कृष्णप्रसाद पौडेल गएपनि उनले बैठकमा सहभागी हुन नसकिने जानकारी दिएको शर्माले जानकारी दिए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology