Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्घाखाँचीका ७ जनाले कांग्रेस केन्द्रीय समितिमा उम्मेद्वारी दिने

अर्घाखाँचीका ७ जनाले कांग्रेस केन्द्रीय समितिमा उम्मेद्वारी दिने

  • 2.3K
    SHARES

  • अर्घाखाँचीका ७ जनाले कांग्रेस केन्द्रीय समितिमा उम्मेद्वारी दिने

    बुटवल,मंसिर २३ ।

    नेपाली कांग्रेसको केन्द्रीय समितिमा अर्घाखाँचीबाट ७ जनाले उम्मेद्वारी दिने भएका छन् ।

    कांग्रेसको १४ औ महाधीबेशन नजिकिर्दै गर्दा जिल्लाका ७ जना नेताले सह महामन्त्री सहित केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारी गरेका छन् । नेताहरु आफु निकट नेताहरुबाट उम्मेद्वारीको टिकट फइनल गर्न नेताहरुको दौडधुपमा लागिरहेका छन् ।

    बर्तमान केन्द्रीय सदस्य समेत रहेका पुर्ब मन्त्री मान बहादुर बिक र संघिय सांसदकी सचेतक पुस्पा भुसालले सह महामन्त्रीमा उम्मेद्वारी दिने बताएका छन् । नेपाल दलित संघका पुर्ब सभापति समेत रहेका बिक पुर्ब राज्य मन्त्री समेत हुन् । उनलाई नेपाली कांग्रेसले उप राष्ट्रपतिको समेत उम्मेद्वार बनाएको थियो ।

    भने महिला नेतृ भुसाल प्रखर र स्पष्ट बक्ताको नेताको रुपमा चिनिन्छिन् । संबिधान सभा र बर्तमान संसदमा प्रतिपक्षको रुपमा कडा आवाज उठाउने नेताको रुपमा चिनिन्छन् । यसपालीको निर्बाचनमा सह महामन्त्रीमा उम्मेद्वारी दिन थालेको बताएकी छन् । 

    नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री रेवती प्रसाद भुसाल, नेपाली कांग्रेसका पुर्ब जिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नेपाली कांग्रेसका नेता तथा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, कांग्रेस नेताहरु डाक्टर  जय बहादुर टण्डन र  हिम्मत टण्डनले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने बताएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology