बुटवल,मंसिर २३।
नेपाली कांग्रेसले १४ औं महाधिवेशन शुरु हुने अघिल्लो दिन आज केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना प्रकाशन गरी बिहीबार विहान साढे ११ बजे केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिएका छन् ।
नेताहरुका अनुसार महाधिवेशन तयारीका विभिन्न विषयमा छलफल गर्न बैठक बोलाइएको हो । कांग्रेस महाधिवेशन मंसि २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय समिति बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)