Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महाधिवेशनका लागि २५ लाख खर्चेर मञ्च बनाउँदै कांग्रेस !

महाधिवेशनका लागि २५ लाख खर्चेर मञ्च बनाउँदै कांग्रेस !

  • 3.2K
    SHARES

  • महाधिवेशनका लागि २५ लाख खर्चेर मञ्च बनाउँदै कांग्रेस !

    बुटवल,मंसिर २२ ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि शुरु हुदैछ ।अहिले प्रचारप्रसार र मञ्च व्यवस्थापनको काम जारी छ । मंसिर २४ गते शुक्रबारदेखि हुने १४औं महाधिवेशनका लागि काठमाडौंको भृकुटीमण्डपमा मञ्च, स्वागत गेट बनाउन थालिएको छ ।

    पार्टीको प्रचार विभाग प्रमुख एवम् प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार झन्डा र ब्यानर टाँगेर प्रचारप्रसार कार्यको प्रारम्भ गरे । ‘देशभरिबाट प्रतिनिधि आउने क्रम सुरु भएको छ, आवास, खाद्यान्न, स्वास्थ्य सुरक्षा र प्रचारप्रसार लगायत विषयमा हामीले अन्तिम तयारी गरिरहेका छौं,’ उनले भने । महाधिवेशनमा काठमाडौंमा करिब १० हजार पार्टीका झन्डा फहराइने कांग्रेसले जनाएको छ ।

    कांग्रेसका काठमाडौंका सचिव गोविन्द पुडासैनीका अनुसार करिब ८० मिटर लम्बाइ र ४० मिटर चौडाइ रहेको मञ्च बनाइनेछ । ‘जहाँ तीन स्टेप हुन्छन् । अगाडिको भागमा सांस्कृतिक संघले नृत्य प्रस्तुत गर्छन्, पछिका तीन स्टेपमा नेता र पाहुनालाई बसाइन्छ,’ उनले भने, ‘मञ्चभित्र र बाहिर ४–५ ठाउँमा श्रव्यदृश्यको व्यवस्था गर्दै छौं ।’ मञ्च व्यवस्थापन समितिका अनुसार मञ्चमा मात्रै करिब २५ लाख रुपैयाँ खर्च हुनेछ ।

    यसअघि एमालेले दसौं महाधिवेशनको उद्घाटनका लागि ५० लाख रुपैयाँको लागतमा नारायणी नदी किनारमा भव्य मञ्च बनाएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology